केही मुठ्ठीभर व्यक्तिहरुको आर्थिकस्तर माथि पुग्दैमा मुलुक सम्बृद्ध भएको मान्न सकिँदैनः प्रचण्ड
प्रकाशित मिति
२०७७ फाल्गुन २९ गते, शनिबार ०५:५५
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही मुठ्ठीभर व्यक्तिहरुको आर्थिकस्तर माथि पुग्दैमा मुलुक सम्मृद्धिको बाटोमा अघि बढेको मान्न नसकिने बताएका छन्। प्रकाश विकल्पद्वारा लिखित समृद्धिको रोडम्याप पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले समग्र मानव समाज सामाजिक न्यायसहितको सभ्यताको उचाईमा अग्रसर भएमात्र सोही आधारमा सम्मृद्धिलाई नाप्न सकिने बताए।
मानिस हुनुको नाताले चेतनाको स्तर निरन्तर अघि बढेको छ कि छैन भन्ने कुरा प्रमुख कुरा भएकोे भन्दै उनले सामाजिक न्याय र चेतना तथा सभ्यताको स्तरमा अन्तर भयो भने त्यसलाई सम्मृद्धि मान्न नसकिने बताए।
उनले भने, ‘सम्मृद्धि केलाई भन्नेरु केही मुठ्ठीभर व्यक्तिहरु अरबपति, खरबपति भए, अरु धेरै व्यक्तिहरुले सामान्य मानविय सुविधा त प्राप्त गरे तर धनी र गरिबको ग्याप, सामाजिक न्यायको स्तर, मानिसको चेतनाको स्तर र सभ्यताको स्तरमा अन्तर पर्यो भने त्यसलाई सम्मृद्धि भन्न सकिँदैन। समग्र मानव समाज नै एउटा हारमोनीमा, एउटा तादात्म्यमा सामाजिक न्यायसहित सभ्यताको एउटा नयाँ उचाई छुँदै अगाडि बढेको छ कि छैन भन्ने नै मुख्य कुरा हो।’
उनले समाज र जनताले नेता पैदा गर्ने भएकाले जनताको चेतनास्तरको महत्वपूर्ण भुमिका रहेको बताए। लुसुन भन्ने महान कविले नेताका बारेमा भनेका कुराको दृष्टान्त दिँदै उनले जनताको चेतनास्तर राम्रो र असल भए नेतालाई पनि असल बन्न कर लाग्ने बताए।
उनले भने, ‘नेताहरु भनेको समाज र जनताले पैदा गर्ने कुरा हो। इतिहास र चेतनाको निर्माता जनता हो। नेता होइन। नेता मुख्य होइन। जनता मुख्य हो। जनताको चेतनाको स्तर आम रुपमा कति छ भन्ने कुराले नेता कस्ता जन्मन्छन् भन्ने निर्धारण गर्छ।
नेताले जनता निर्धारण धेरै गर्दैन। निर्णायक र मुख्य जनता हो। वर्गसंघर्ष , उत्पादनका निम्ति संघर्ष र वैज्ञानिक प्रयोगबाट बन्ने एभरेज सामाजिक चेतनाले नेतृत्व जन्माउने हो।एकथरी मान्छेलाई आदत भयो नेतालाई गाली गर्ने। त्यो सुनेपछि लुसुन भन्ने महान कवि ले भन्नुभएको थियो– जनता नै खराब भएकाले नेता खराब भएका, तपाईहरु असल हुनु त नेता असल नभई सुख पाउँछ तरु’






प्रतिकृया