• ४ साउन २०८३, सोमबार
  • ७:३४ बेलुका

आहा रारा गोल्डकपमा ८ टोली भिड्ने

प्रकाशित मिति

२०७७ फाल्गुन २९ गते, शनिबार ०१:२९

कास्की: मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको १९ औं संस्करणमा ८ टोलीले सहभागिता जनाउने भएका छन् ।

 

Kamana Sewa

आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलन गर्दै चैत २१ देखि २८ सम्म पोखरा रंगशालामा प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो । प्रतियोगितामा १ विदेशी टोलीसहित जम्मा ८ टोलीको सहभागिता रहने जानकारी आयोजकले दिएको छ ।

Classic Tech Desktop

 

प्रतियोगितामा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब, उपविजेता नेपाल पुलिस, थ्री स्टार, संकटा, मछिन्द्र, नेपाल एपिएफ, अफ्रिकन रुट एसोसिएसन क्यामरुन  र आयोजक सहारा क्लबको सहभागिता रहनेछ ।

यसपटक त्रिभुवन आर्मी क्लब, हिमालयन शेर्पा क्लब जावलाखेल क्लब लगायतका क्लबहरू सहभागी नहुने भएका छन् । प्रतियोगिताको विजेताले १० लाख १ हजार तथा उप विजेताले ५ लाख १ हजार प्राप्त गर्ने आयोजक जनाएको छ ।

प्रतिकृया