• २९ भदौ २०८३, सोमबार
  • १२ः०८ दिउँसो

बादललाई बागमती प्रदेशको इञ्चार्ज तोकियो,एमाले महाधिवेशन मंसिरमा

प्रकाशित मिति

२०७७ फाल्गुन २८ गते, शुक्रबार ०४:५१

काठमाडौँ:एमाले अध्यक्ष केपी शर्मा ओली एक पक्षीय रुपमा पार्टीको दशौँ महाधिवेशनको मिति तोकेका छन्। शुक्रबार बालुवाटारमा बसेको ओली पक्षीय नेताहरुको बैठकले पार्टीको महाधिवेशन २०७८ मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय भएको एक स्थायी समिति सदस्यले जानकारी दिए।

National Life

एमाले पुनःस्थापित भएपछि वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले रणनीति बनाइ रहेका बेला ओलीले उनीहरुलाई थाहा समेत नदिइ महत्वपूर्ण निर्णय लिएका हुन्।स्रोतका अनुसार ओलीले माओवादी केन्द्रबाट गएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् भने नेपाल पक्षमा रहेका सबै नेताहरुको जिम्मेवारी खोसेका छन्।

ओलीले वागमति प्रदेशको इन्चार्जबाट अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल र सुदुरपश्चिम प्रदेशको इञ्जार्चबाट भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया