• २९ भदौ २०८३, सोमबार
  • ४ः३५ बिहान

 देउवा निवासमा सरकार गठनबारे छलफल गर्न जसपा नेताहरु

प्रकाशित मिति

२०७७ फाल्गुन २८ गते, शुक्रबार ०५:२४

काठमाडौँ : विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न जसपाका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन् । भावी सरकार गठनबारे सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको जसपाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक छलफल गर्नुअघि कांग्रेससँग कुराकानी गर्न पुगेको हो।

National Life

ओली नेतृत्वकै सरकारमा सहभागी हुने तयारी गर्दै केही दिनदेखि संवाद गर्दै आएको जसपाले शुक्रबार साँझ एमालेसँग निर्णायक छलफल गर्ने बताएका छन्।

कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि जसपा नेताहरुसँग कुराकानी भइहरकोे प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। जसपा नेताहरु पनि संसदीय दलको बैठकपछि देउवा निवास पुगेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया