हत्या गरी खेतमा गाडेको अवस्थामा भेटियो १७ दिनदेखि बेपत्ता बालकको शव
प्रकाशित मिति
२०७७ फाल्गुन २८ गते, शुक्रबार ०४:४६
वीरगञ्ज: बारामा शुक्रबार बिहान फेला परेको शवको पहिचान खुलेको छ। उक्त शव जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुही टोल निवासी जाकिर मंसुरीका १४ वर्षिय छोरा साहिद मंसुरीको रहेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। मंसुरीको शव वडा नम्बर १० स्थित खेतमा गाडिएको अवस्थामा फेला परेको हो।
मृत फेला परेका बालक विगत १७ दिनदेखि आफ्नै घरबाट बेपत्ता भएका थिए। गत फागुन ११ गते रातिदेखि नै बालक बेपता भएका थिए।बेपता भएका बालकको खोजीका लागि उनका परिवारजनले प्रहरीलाई समेत जानकारी गराएका थिए। तर १७ दिनदेखि बेपता बालकको कुनै अत्तोपत्तो लाग्न सकेको थिएन।
शुक्रबार बिहान भलुही टोलकै एक महिला खाना लिएर खेतमा जाँदै गर्दा बालकको शव देखेकी थिइन्। त्यसपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेपछि तालिम प्राप्त कुकुरसहितको टोलीले घटनास्थलमा गएर बालकको शव निकालेर पोष्टमार्टमको लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षकसमेत रहेका मिश्रले बताए।






प्रतिकृया