२५१२ पीसीआर परीक्षण गर्दा ४८ जनामा कोरोना पुष्टि
प्रकाशित मिति
२०७७ फाल्गुन २८ गते, शुक्रबार ०४:३१
काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप ४८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ११८ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार ६१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार १७७ पुगेको छ।देशभर हालसम्म ९२९ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा २ हजार ५ सय १२ पीसीआर परीक्षण भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १२ पुगेको छ।काठमाडौँ उपत्यकामा थप २६ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका १९, ललितपुरका ४ तथा भक्तपुरका ३ जनामा संक्रमण पुष्टि भएको हो।
Related
Recent News
- नेप्से ४८ अंकले बढ्यो, ८ अर्बभन्दा बढीको कारोबार
- एनएमबि बैंकको २४ हजार १५५ कित्ता संस्थापक सेयर बिक्रीमा
- सेयर कारोबारमा पूँजीगत लाभकर घटाउने सरकारको घोषणा
- यसपालि पनि दशैँमा नयाँ नोट नपाइने, सुकिला नोट वितरण गर्ने तयारी
- प्रभु बैंकका संचालक तथा कर्मचारीद्धारा बाढी प्रभावितलाई ४० लाख ८० हजार ५० पचास सहयोग
- ऋषि पञ्चमी पर्व आज श्रद्धा र भक्तिपूर्वक मनाइँदै
- शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
- पोखराका सुकुमबासीलाई १८ ठाउँमा स्थानान्तरण गर्ने तयारी, एक महिनाभित्र बसपार्क खाली गरिने
- संविधान दिवसमा टुँडिखेलबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह
- भोटेकोशी विपद्मा अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन स्याहार सरकारले लिने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया