• ३१ भदौ २०८३, बुधबार
  • ६ः३९ बेलुका

पशुपतिनाथमा दर्शनार्थीको भिड, कोरोनाले घटेन भगवान प्रतिको आस्था

प्रकाशित मिति

२०७७ फाल्गुन २७ गते, बिहीबार १०:२३

काठमाण्डौ: महाशिवरात्रिको अवसरमा काठमाण्डौंको पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको बिहीबार बिहानैदेखि घुईँचो लागेको छ । प्रशिद्ध धार्मिकस्थल रुपमा लिइने  पशुपतिनाथ  मन्दिरमा दर्शनका लागि देशका विभिन्न भागबाट दर्शनार्थी पुगेका हुन् भने भारतिय भुमी बाट पनि हजारौंको मात्रामा दर्शनार्थी आएका  छन् ।

National Life

शिवरात्रिका लागि नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका साधुहरुले धुनी बालेका छन् ।कोरोना भाइरसको महामारीका कारण विगतका वर्षमा भन्दा यो पटक तुलनात्मक रुपले कम भएपनि  दर्शनार्थी कम भने छैनन् ।

तर दर्शनका लागि पुगेकाहरुलाई लामवद्ध गरेर भित्र प्रवेश गराइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । पशुपतिनाथमा दर्शनार्थीको भिड अत्याधिक बढीरहेको  छ। कोरोनाले कारण कम  भिडभाड हुने अनुमान विपरित भगवान प्रतिको आस्थालाई कोरोनाले खासै असर गरेको पाईदैन।  पशुपति क्षेत्र बाट मातृभुमी कर्मीले लिएका फोटो स्टोरी।

Classic Tech Mobile
Classic Tech Desktop

 

 

 

 

प्रतिकृया