क्यान इन्फोटेक मेलाकाे आज दोस्रो दिन
प्रकाशित मिति
२०७९ माघ २५ गते, बुधबार ०५:२०
२४ माघ २०७९, काठमाडौँ: काठमाडौंको भृकुटीमण्डपमा इन्फोडेभलपर्स क्यान इन्फोटेक मेला सुरु भएको छ । इन्फोटेक मेलाकाे आज दोस्रो दिन रहेकाे छ । कार्यक्रम उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकि हुन् । कार्यक्रमको उद्घाटन गर्दै सञ्चार मन्त्री रेखा शर्माले आफू आईटी क्षेत्रको विस्तृत अध्ययन गर्दै अर्थन्त्रमा यसको महत्व बारे बुझिरहेको बताइन् । यसले राज्यको अर्थतन्त्रमा पुर्याउने योगदानका आधारमा यसलाई पहिलो प्राथमिकतामा राखिनुपर्ने उनको भनाइ छ ।
हिजाे मंगलबार देखि आगामी २९ गतेसम्म चल्ने मेलामा सूचना तथा प्रविधिसम्बन्धी उपकरण, सेवा तथा उत्पादनको प्रदर्शनी गरिने बताइएको छ । क्यान इन्फोटेक २०२३ को एसोसिएट स्पोन्सरमा डिशहोम फाइबरनेट रहेको छ । त्यस्तै डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम, गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी, ह्वावे र सिल्भर स्पोन्सरमा एस पावर, अन सिक्का, डिजिकम रहेका छन् ।
क्यान इन्फोटेक २०२३ को एसोसिएट स्पोन्सरमा डिशहोम फाइबरनेट रहेको छ । त्यस्तै डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम, गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी, ह्वावे र सिल्भर स्पोन्सरमा एस पावर, अन सिक्का, डिजिकम रहेका छन् । टिकेटिङ पार्टनरमा पेवेल, बैकिङ्ग पार्टनरमा कुमारी बैंक लिमिटेड, इन्सुरेन्स पार्टनर आई एम ई जनरल इन्सुरेन्स, नलेज पार्टनर लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, ट्रेनिङ्ग पार्टनरमा इन्टरनेशनल स्कुल फर स्किल्स, फुड एण्ड बेभरेज पार्टनर र्याकेट बार एण्ड इभेन्ट्स, भर्चुअल एक्जिबिसन पार्टनर मण्डला सिस्टम, सीसीटीभी पार्टनर ई थ्रिरी सेल्स एण्ड सर्भिसेज र एसएमएस पार्टनर स्पारो एसएमएस रहेका छन् ।
प्रदर्शनीस्थलमा रहेको ब्रान्डिङ कक्षमा देश-विदेशका विभिन्न कम्पनी एवं ब्रान्डहरूको उपस्थिति रहेको छ । यसअन्तर्गत फिन्टेक , इन्टरनेट सेवाप्रदायक, टेलिकम सेवाप्रदायक, हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, पावर सोलुसन्स लगायत छन् । त्यस्तै यसपटक स्टार्टअप, इनोभेसन, कलेज तथा तालिम केन्द्रहरू, सफ्टवेयर सोलुसन्सका साथै कम्प्युटिङ डिभाइससँग सम्बन्धित कम्पनीका लागि विशेष स्थान दिइएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा कुल २०० स्टल रहेका छन् ।
मेलामा प्रदर्शनीकर्ता कम्पनीहरूले आफ्ना वस्तु तथा सेवा उपभोक्तामाझ प्रवर्द्धन गरेका छन् । साथै यही अवसरमा कम्पनीहरूले आफ्ना उत्पादनमा ‘क्यान इन्फोटेक अफर’ दिँदै छुट योजना पनि सार्वजनिक गरेका छन् । आफ्ना उपभोक्तासँग नजिकिन कम्पनीहरूले अन्तर्क्रिया र रमाइला खेल समेत सञ्चालन गरेका छन् ।
प्रतिकृया