• 6:56 pm

दसैँमा झिलिमिली काठमाडौं (फोटोफिचर)

प्रकाशित मिति

२०७९ आश्विन १५ गते, शनिबार ११:४०

१५ असोज २०७९, एजेन्सी : देशको संघीय राजधानीका सपिङ सेन्टर आजकल रङ्गिन छन् । दसैँ, तिहार र छठलगायत पर्वहरु नजिकिएसँगै बजार झिलिमिली बनेको हो । शहरका ठूला सपिङ मलमा चङ्गै चङ्गा टाँगिएको छ । बजारमा डमी पिङ, लटाईले सजाइएको छ ।


साँझपख सडकमा घुम्दा दीपावलीको झल्को दिनेगरी बजारमा झिलिमिली बत्ती बालिएको छ । आकर्षक बनाएर प्रतिस्पर्धात्मक बनाइएको बजारमा आगन्तुकको आकर्षण बढ्दो छ । लगातार चाडपर्वहरु आउने र यो बेला व्यापार बढ्ने हुँदा व्यापारीहरु आफ्नो व्यावसाय प्रतिष्ठानलाई सजाएका हुन् ।


दसैँ लागेसँगै काठमाडौंका विभिन्न ठाउँका बजारहरु सजिसजाउ देख्न सकिन्छ । काठमाडौं उपत्यकाका बजार क्षेत्रका जुनसुकै गल्लीमा दसैँका लागि सामग्री किन्ने सर्वसाधारणको घुइँचो बढेको छ । उपत्यकाबाट दशैँ मनाउन गाउँघर फर्किनेहरू र उपत्यकामै दसैँ मनाउनेहरू एकैपटक बजारमा पुग्दा चाप बढेको हो ।


अर्कातिर यही बेला विदेशबाट दसैँ मनाउन आउनेहरू पनि छन् । उनका अनुसार नियमित रूपमा सञ्चालन भइरहेको सपिङ सेन्टर, कपडा होलसेल पसल तथा विभिन्न रूपमा दशैँ पर्वका लागि सजिएका पसललाई केही दिनदेखि चटारो परेको छ ।



प्रतिकृया