• २८ भदौ २०८३, आइतबार
  • ३ः५९ राती

महात्मा गान्धीको एक प्रेरक प्रसङ्ग

प्रकाशित मिति

२०७७ फाल्गुन २७ गते, बिहीबार ०६:२९

एक साधुले महात्मा गान्धीसँग सोधे— ‘महात्माजी, म तपाईंको आश्रममा रहेर जीवन बिताउन चाहन्छु । मेरो जीवनको उपयोग राष्ट्रहितका लागि भयो भने यो मेरो अहोभाग्य हुनेछ ।’

National Life

गान्धीले भने— ‘तपाईंले आफ्नो सन्यास छाड्नु पर्दैन, तर वस्त्र छाड्नुपर्छ । तपाईंको गेरुवा वस्त्र देखेर हाम्रा देशवासीले सेवा, पूजा सुरू गर्नेछन् । तर यही वस्त्रको कारण उनीहरुले तपाईंबाट सेवा लिने छैनन् । जुन वस्तुले सेवाको काममा बाधा पार्छ, त्यसलाई छाड्नुपर्छ । फेरि सन्यास त मानसिक वस्तु हो, पोशाक छाड्दैमा सन्यास जाँदैन । साधुले गेरुवा वस्त्र तत्काल त्यागिदिए ।

साभार स् ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया