• ११ असोज २०८३, आइतबार
  • ७ः०६ बिहान

आजको मौसम:समान्य बदली सहित पहाडी भू-भागमा बर्षाको संभावना

प्रकाशित मिति

२०७७ फाल्गुन २६ गते, बुधबार ०७:११

काठमाडौ: देशभरको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम बदली भएको हो ।

National Life

अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।दिउँसो पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भई बाँकी क्षेत्रमा आंशिक बदली रहने छ। अपरान्ह पश्चात देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यसैगरि राति देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैबिच देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भई अपरान्ह पश्चात देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिकृया