• ११ असोज २०८३, आइतबार
  • १ः२० राती

संसद बैठक आज बस्दै, नेकपाका सांसद पूर्ववत एमाले र माओवादी हैसियतमा सदनमा जाने

प्रकाशित मिति

२०७७ फाल्गुन २६ गते, बुधबार ०७:२४

काठमाडौ: पुनर्स्थापित प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले दिएको आदेश अनुसार गएको आइतबार बसेको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका स्थगित भएको थियो संसद बैठक बुधबार दिउँसो १ बजे बस्ने छ ।

National Life

पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै तत्कालीन अवस्थामा राजनीतिक रुपमा विभाजित नेकपाको प्रचण्ड–माधव पक्षले बैठक बहिष्कार गरेका थिए भने कांग्रेसले अवरोध गरेको थियो । दुवै पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार सञ्चालनको कार्यशैलीप्रति सदन खुलेकै दिन चर्को असन्तुष्टि र विरोध जनाएका थिए ।

नेकपाको नाम सम्बन्धी सर्वोच्चको पछिल्लो फैसलासँगै एकता औपचारिक रुपमा भंग भएपछि नेकपाका सांसदहरु पूर्ववत एमाले र माओवादी केन्द्रका रुपमा सदनमा जाने छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया