• ९ असोज २०८३, शुक्रबार
  • २ः४५ दिउँसो

ग्वार्कोमा ‘फ्लाइ ओभर’ बन्‍ने, सातदोबाटो र एकान्तकुनामा पनि निर्माणको योजना

प्रकाशित मिति

२०७७ फाल्गुन २५ गते, मंगलवार ०६:५७

काठमाडौँ: सडक विभागले चालु आर्थिक वर्षमा ग्वार्कोमा ‘फ्लाइ ओभर’ निर्माणका लागि प्रक्रिया अघि बढाउने भएको छ। सरकारले चक्रपथका विभिन्न स्थानमा ‘फ्लाइ ओभर’ निर्माणको योजना बनाएकामा सबैभन्दा पहिले ग्वार्कोमा ठेक्का सम्झौता हुने विभागले जनाएको छ।

National Life

‘फ्लाइ ओभर’ निर्माणका लागि चालु आवमै ठेक्का सम्झौता भए पनि आगामी वर्ष निर्माणको काम हुने विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताए। उनका अनुसार अहिले यसको डिजाइनको काम भइरहेको छ।

विभागले सातदोबाटो र एकान्तकुनामा पनि ‘फ्लाइ ओभर’ निर्माणको योजना बनाएको छ। यी दुई स्थानमा आगामी वर्ष मात्रै प्रक्रिया शुरु हुने उनले बताए। थापाले भने, ‘पहिले ग्वार्कोमा निर्माण शुरु भएपछि नै अरु दुई ठाउँमा निर्माणका लागि ठेक्का सम्झौता हुनेछ।’

Classic Tech Mobile
Classic Tech Desktop

चीन सरकारले चार वर्ष पहिले विस्तार गरेको कोटेश्वर(कलङ्की सडकको तीन चोकमा ‘फ्लाइ ओभर’ निर्माणको योजना बनाइएको हो। विभागले आगामी वर्षमा सवारी चाप बढी भएका चोकमा ‘फ्लाइ ओभर’ निर्माणको योजना बनाएको छ। चक्रपथकै अरु चोकमा र शहरी क्षेत्रका विभिन्न चोकमा ‘फ्लाइ ओभर’ निर्माण गर्दै जाने बताइएको छ।

नेपालमा अहिलेसम्म ‘फ्लाइ ओभर’ निर्माण भई नसकेको भए पनि यसअघि बलम्बुमा निर्माण शुरु भएको छ। नागढुङ्गा सुरुङमार्ग निर्माण गर्दा सोही योजनाअन्तर्गत त्यहाँ ‘फ्लाइ ओभर’ निर्माण गर्न लागिएको हो।आगामी तीन वर्षमा आयोजना सम्पन्न हुँदा ‘फ्लाइ ओभर’ पनि निर्माण भइसक्ने छ।

सरकारले आफ्नै लगानी र वैदेशिक लगानी दुवैमार्फत ‘फ्लाइ ओभर’ निर्माणको योजना बनाएको छ। चीन सरकारले नै निर्माण गर्ने भनिएको कलङ्कीबाट धोबीखोला गोपीकृष्ण हल अगाडि सम्मको सडकमा पनि महाराजगञ्ज र बालाजु चोकमा ‘अण्डर पास’ र ‘फ्लाइ ओभर’ निर्माण गर्ने गरी डिजाइन भएको थियो।- रासस

प्रतिकृया