• १० असोज २०८३, शनिबार
  • १२ः१० राती

जसपालाई उपसभामुख दिन प्रधानमन्त्री तयार, चन्दा चौधरीको आउन सक्ने

प्रकाशित मिति

२०७७ फाल्गुन २५ गते, मंगलवार ०७:२८

काठमाडौं: नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच सरकारमा साझेदारी गर्नेबारे छलफल चलेको छ । त्यसको लागि दुवै तर्फबाट कार्यदलसमेत बनिसकेको छ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको रिक्त उपसभामुख पद जसपा, नेपाललाई दिन तयार रहेको बुझिएको छ ।

National Life

जसपाका नेताहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले उपसभामुखको लागि सांसद चन्दा चौधरीको नाम लिएका थिए ।

चौधरी नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्षसमेत हुन् । यसअघि पनि उपसभामुखमा चौधरीकै नाम चर्चामा थियो । कार्यदलले रेशम चौधरीलाई रिहाई गर्नेबारेसमेत छलफल गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया