• ९ असोज २०८३, शुक्रबार
  • ९ः३० राती

उत्तराखण्डका मुख्यमन्त्री रावतद्वारा राजीनामा

प्रकाशित मिति

२०७७ फाल्गुन २५ गते, मंगलवार ०६:५२

भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले पदबाट राजीनामा दिएका छन्। उत्तराखण्डमा अर्को वर्ष हुने विधानसभा चुनावअघि पार्टीलाई बलियो बनाउने उद्देश्यले रावतले राजीनामा दिएको बताइएको छ। रावतले राज्यपाल बेबी रानी मौर्यसमक्ष राजीनामा बुझाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

National Life

रावतको राजीनामापछि उनको क्याविनेटका मन्त्री धनसिंह रावत नयाँ मुख्यमन्त्रीको दौडमा सबैभन्दा अघि रहेको बताइएको छ। मुख्यमन्त्री रावतले हालै दिल्लीमा भाजपा केन्द्रीय नेतृत्वसँग भेटघाट गरेका थिए।

मुख्यमन्त्रीको कार्यसम्पादन सन्तोषजनक नरहेको हुँदा अर्को वर्ष फेब्रुअरी महिनामा हुने विधानसभा चुनावमा असर पर्नसक्ने नेताहरुको बुझाइ थियो।मुख्यमन्त्री रावतप्रति पार्टीकै केही विधायकहरुले असन्तुष्टि व्यक्ति गरिरहेको बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया