• २८ भदौ २०८३, आइतबार
  • २ः०५ राती

अतिक्रमण हटाउन खटिएका कर्मचारीमाथि हातपात गर्नेलाई कारवाहीको माग

प्रकाशित मिति

२०७७ फाल्गुन २४ गते, सोमबार ०३:१२

भक्तपुर : सुर्यविनायक नगरपालिका वडा नं. २ साविक बालकोट गाउँ विकास समिति वडा नं. १ मा रहेको कित्ता नम्बर ३२ र ३३ को सार्वजनिक पर्ति जग्गा अतिक्रमण गरी वनाइएका घर टहराहरु हटाउन जाँदा नगरपालिकाका कर्मचारीलाई अतिक्रमणकारीले हातपात र दुब्र्यबहार गरेका छन् ।

National Life

आक्रोसित अतिक्रमणकारीले नगरपालिकाका नक्सा शाखाका ईन्जिनियर सरिता उपाध्याय, प्रशासन शाखाका अधिकृत सुरज पौडेल,नगर प्रहरी निरीक्षक विश्वराम नगरकोटी,नगर प्रहरी सहायक निरीक्षक विर बहादुर अधिकारी,नगर प्रहरी हवल्दारद्घय शम्भु खत्री र किशोर थापा र नगर प्रहरी रविना श्रेष्ठ माथि आक्रमण गरेको नगरपालिकाले जनाएको छ । आक्रमणकारीमाथि कारवाही गर्न नगरपालिकाले प्रहरी र प्रशासनमा उजुरी समेत हालेको छ ।

अतिक्रमण गरी वनाइएका १० देखि १५ को संख्या रहेका टहरा मध्ये ४ वटा टहरो हटाइ नसक्दै जग्गा भाडामा लगाइ भाडा खाने भनिएका मुख्य व्यक्ति राजु विष्ट, नारायण सिं सिलवाल, टहरो वनाउने झंकनाथ लम्साल र लेख प्रसाद चौलागाई तथा विनोद विष्ट समेतका व्यक्तिहरुले कर्मचारी तथा सुरक्षा कर्मीमाथि हातपात गरी, कर्मचारीको कठालो समाती कुटपिट र लछार पछार गरी सरकारी काम कारवाही गर्न नदिएको आक्रमणबाट घाईते शाखा अधिकृत सुरज पौडेलले बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारी कामका खटिएका कर्मचारी तथा सुरक्षाकर्मी माथि हातपात गर्ने व्यक्तिहरुलाई कानूनी कारवाही अगाडि वढाउन नगरपालिकाका पीडत कर्मचारीको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले जिल्ला प्रशासन कार्यालय भक्तपुर र महानगरीय प्रहरी परिसर,भक्तपुरमा जाहेरी दर्ता गराउनुभएको छ । जाहेरीमा कानुन अनुसार कारवाही गरी कर्मचारीको उपचारको लागि लागेको रकम क्षतिपूर्ति भराउन समेत माग गरिएको छ ।आवश्यक परे घटनाको भिडियो क्लिप समेत पेश गर्न सकिने घाईते कर्मचारीको भनाई छ ।

अतिक्रमण गरी वनाइएका घर टहरा हटाइदिन २ नं. वडा कार्यालय वालकोटबाट यस अघि नै लेखी आएको र अतिक्रमण गरी वनाइएको घर टहरा हटाउन दिइएको सूचनालाई अटेर गरी हाल सम्म पनि अतिक्रमण खाली नगरेकोले जनप्रतिनिधिलाई रोहवरमा राखी नगर प्रहरी सहितको टोली परिचालन गरी सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर टहरो हटाई अतिक्रमण खाली गर्ने नगरपालिकाले निर्णय गरेको थियो ।

सरकारी पर्ति जग्गालाई साविक वालकोट गाविसबाट संरक्षणको लागि ६ फिट अग्लो सिमेन्टको पर्खाललले घेरा गरी काडें तारबार लगाई घेरिएको अवस्थामा रहेको भए पनि संरक्षण गरिएको सरकारी जग्गामा गाडिएका सिमेन्टको पोलहरु समेत भाँची केही व्यक्तिहरुले घर टहरो बनाएको अबस्था रहेको नगरपालिको भनाई छ ।

भत्काउन बाँकी घर टहरा हटाउनको लागि प्रहरीको सुरक्षा सहितको थप जनशक्ती व्यवस्था गरी पुन टहरा भत्काउने आदेश पाएमा सबै अतिक्रमण खाली गराउने दुब्र्यबहारमा परेका कर्मचारीले जनाएका छन् ।

प्रतिकृया