• २८ भदौ २०८३, आइतबार
  • ११ः४२ बिहान

मोरङमा नेकपाको साइनबोर्ड हटाएर एमालेको साइनबोर्ड राखियो

प्रकाशित मिति

२०७७ फाल्गुन २४ गते, सोमबार ०३:१६

मोरङ:मोरङमा नेपाल कम्युनिस्ट पार्टी नेकपाको साइनबोर्ड परिवर्तन गरिएको छ । अदालतले सत्तारुढ नेकपालाई खारेज गर्दै तत्कालीन एमाले र माओवादी पार्टी ब्युँताउने निर्णय गरेपछि पुनर्स्थापित नेकपा एमालेका कार्यकर्ताले पार्टी कार्यालयको बोर्ड परिवर्तन गरेका हुन् ।

National Life

प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेता कार्यकर्ता भेला भएर पहिले नेकपाको साइनबोर्ट रहेको विराटनगर ११ पाञ्चालीमा मदन स्मृति भवनमा फेरि नेकपा एमाले लेखिएको साइनबोर्ड राखेका हुन् । नेकपा एमाले र माओवादी केन्द्र एकता हुनुपूर्व यो भवनमा एमालेकै पार्टी कार्यालय थियो । कार्यकर्ताहरूले बोर्डसँगै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको कटआउट प्रतिमा पनि राखेका छन् ।

पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै दुई समूहमा विभाजित नेकपा आइतबार सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपासँग नाम मिलेको भन्दै खारेज हुने फैसला गरेको थियो । सर्वोच्चले आइतबार फैसलापछि पनि पुनः एमालेकै पार्टी कार्यालय बनाइएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया