• २७ भदौ २०८३, शनिबार
  • १ः४९ राती

सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने निष्कर्षमा  प्रचण्ड -नेपाल पक्ष

प्रकाशित मिति

२०७७ फाल्गुन २४ गते, सोमबार ०१:२५

काठमाडौँ- नेकपा खारेज गर्ने सर्वोच्च अदालतको निर्णयलाई केपी शर्मा ओली पक्षले सकारात्मक भन्दै नेकपा एमालेलाई सक्रिय बनाउन प्रयास तीव्र पारेका बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले फैसलाको पुनरावलोकनमा जाने निष्कर्ष निकालेको छ।

National Life

आइतबार सर्वोच्चको फैसला आउना साथ कानुन व्यवसायीहरुसँगको परामर्शमा जुटेको यो पक्षले सर्वोच्चको फैसला पुनरावलोकनमा जानुको विकल्प नभएको निष्कर्ष निकालेको हो। नेकपामा बहुमतमा रहेको यो पक्षले सोमबार दिउँसो तीन बजे पेरिसडाँडामा बोलाएको स्थायी कमिटी बैठकबाट पुनरावलोकनमा जानेबारे औपचारिक निर्णय गर्नेछ।

नेकपा एमाले पृष्ठभूमिका नेता घनश्याम भुसालले सर्वोच्चको निर्णय राजनीतिक भएको र त्यसले आफूहरुलाई न्याय नगरेका कारण फैसला पुनरावलोकन गर्न आवश्यक भएको बताए। उनले भने,‘सर्वोच्चको निर्णय राजनीतिक हो भन्ने स्पष्ट भइसकेको छ। पुनरावलोकनमा हामी जान्छौँ। तर त्यो भन्दा पहिला सबै साथीहरुको राय लिन आवश्यक छ।’
भुसालजस्तै एमाले पृष्ठभूमि भएका दर्जन भन्दा बढी नेताहरु हाल माओवादी केन्द्र पृष्ठभूमि भएका प्रचण्ड र एमाले पृष्ठभूमि भएका नेपालको पक्षमा उभिएका छन्। प्रचण्डनेपाल पक्षमै रहेका नेता रघुजी पन्तले सर्वोच्चको निर्णय न्यायिक नभई राजनीतिक भएको बताए। त्यसैले अब आफूहरु पुनरावलोकनमा जाने निष्कर्षमा पुगेको उनले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया