• २७ भदौ २०८३, शनिबार
  • २ः१८ राती

प्रचण्ड हिँडेपनि अन्य दलले साथ दिन्छन् नआत्तिनुस :ओली

प्रकाशित मिति

२०७७ फाल्गुन २४ गते, सोमबार ०१:३४

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड सरकारबाट हिँडेपनि आफूले अन्य दलको समर्थन लिने भन्दै नआत्तिन आफू निकट नेताहरूलाई आग्रह गरेका छन् । उनले नेपाल कम्युनिस्ट पार्टी नेकपा को एकतालाई कानुनी र व्यवहारिक रुपमा जोगाउन नसकिएको समेत बताएका छन्।

National Life

आइतबार साँझ बालुवाटारमा बसेको संसदीय आफू पक्षीय संसदीय दलको बैठकमा ओलीले नेकपाको नाममा सम्बन्धमा सर्वोच्चले गरेको फैसलालाई कार्यान्वयन गर्ने बताएका हुन्। ‘नेकपाको एकतालाई कानुनी र व्यवहारिक रुपमा टिकाउन सकिएन। सर्वोच्चले संसद् पुनःस्थापना गरेको विषयलाई पनि कार्यान्वयन गरिरहेका छौं, अहिले पार्टीको अस्तित्वका सम्बन्धमा गरेको फैसला पनि कार्यान्वयन गर्छौं,’ ओलीको भनाई उद्धृत बैठकमा सहभागी एक जना सांसदले भने।

बैठकमा उनले सर्वोच्चको फैसलापछि आफूहरुले एकता गरेर बनाएको नेकपा अस्तित्वमा नरहेकाले अब पार्टी आधिकारिक रुपमै पहिलेको अवस्थामा फर्किएको बताए। प्रचण्डले आफूलाई दिएको विश्वासको मत फिर्ता लिए आफूले विश्वासको मतका लागि अन्य दलसँग सहकार्य गर्ने समेत ओलीको भनाई छ।
अन्य निर्णय केन्द्रीय कमिटीको बैठकबाट गर्नेगरी ओली पक्षीय संसदीय दलको बैठक सकिएको थियो।
स्रोतकाअनुसार ओलीले सभामुख अग्निप्रसाद सापकोटाको समेत आलोचना गरेका थिए। सभामुख सापकोटाले एउटा दलको सदस्यजस्तो व्यवहार देखाएको आलीको आरोप छ। बैठकमा उनले सभामुख सापकोटाले आजको संसद् बैठकमा दिएको अभिव्यक्तिको आलोचना गरेको स्रोतले जनाएको छ।
सभामुखले संसद् बैठक सुरु भएलगत्तै सर्वोच्चले संसद् पुनःस्थापना गरेको विषयलाई सम्बोधन गरेका थिए।
सर्वोच्च अदालतले आज सत्तारूढ नेकपाको नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरिदिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया