• २७ भदौ २०८३, शनिबार
  • २ः३३ राती

नीतिनिर्माणमा महिला सहभागिता बढाउनुपर्छः नेतृ कोइराला

प्रकाशित मिति

२०७७ फाल्गुन २४ गते, सोमबार ०१:४८

पोर्चुगल:नीतिनिर्माणमा महिला सहभागिता बढाउनुपर्ने नेपाली काँग्रेसका नेतृ सुजाता कोइरालाले व्यक्त गरेकी छन् । नेपाली नारी समाज पोर्चुगलले १११ औँ अन्तरराष्ट्रिय महिला नारी दिवसका अवसरमा आयोजित ’भर्चुअल छलफलमा नीति निर्माण तहमा महिला सहभागिता बढ्न नसकेकामा चिन्ता कोइरालाले व्यक्त गरेकी हुन् ।

National Life

नेपाली नारी समाज पोर्चुगलले नारी दिवसका अवसरमा आयोजित भर्चुअल ‘महिलाको सुरक्षा र चुनौती’ छलफलमा उनले महिला अधिकार सम्बन्धी नेपालको संविधानको प्रावधान कार्यान्वयन माग गरेकी छन् । उनले आर्थिक, सामाजिक तथा राजनीतिक लगायत नीति निर्माण तहमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यकतामा जोड दिइन् ।

नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले घरेलु हिंसा तथा बलात्कारका घटना न्यूनिकरणका तथा महिला अधिकारका लागि राज्य संवेदनशील बन्नुपर्ने बताइन् । कार्यक्रममा नेपाली काँग्रेस महिला विभागकी केन्द्रीय सचिव लक्ष्मी खतिवडा, अधिवक्ता विष्णु बस्याल र लैङ्गिक विशेषज्ञ डा.ज्योति तुलाधर, गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष तिलक गैरे, जनसम्पर्क समिति बेल्जियम अध्यक्ष सीता सापकोटा, अन्तरराष्ट्रिय साहित्य समाज पोर्चुगलका अध्यक्ष विनोद धिमाल जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष विनोद घिमिरे, नेपाली नारी समाज पोर्चुगलका संस्थापक अध्यक्ष सीता बरालले महिला दिवसमा महिला हकअधिकारमा गोष्ठी मात्रै नभही नामको मात्रै नभई साच्चिकै महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा विचार राखेका थिए । समाजका कार्यवाहक अध्यक्ष मीना माया खरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सीता श्रेष्ठले गरेकी थिइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी एक सय एघारौँ अन्तरराष्ट्रिय श्रमिक नारी दिवसका अवसरमा नेपाली महिला समाज पोर्चुगलले महिलाका लागि ‘कानूनी परामर्श’ विषयक एक दिने प्रशिक्षण तथा अन्तक्र्रिया आयोजना गरेको छ । कार्यक्रममा वरिष्ठ कानूनविद् राजेन्द्र शर्मा र महिला अधिवक्ता शारदा पौडेल वर्तमान समयमा नेपाली महिलाले भोग्नुपरेको समस्या र कानूनी प्रावधानको अवस्था बारेमा जानकारी दिइन् ।

गैरआवासीय नेपाली सङ्घ बेलायतका अध्यक्ष पुनम गुरुङले नेपाली महिला राज्यले दिएका आरक्षणको मुख ताक्ने होइन आफ्नो ठाउँबाट आफ्नो सक्षमता प्रदर्शन गर्दै हरेक क्षेत्रमा आफ्नो सहभागिता जनाउनुपर्ने बताइन् । समाजका अध्यक्ष निर्मला खराल ढकालको अध्यक्षतामा भएको कार्यक्रम एनआरएनए अध्यक्ष तिलक गैरे, एनआरएन आइसिसी सदस्य रामशरण सिंखडा, प्रवासी नेपाली एकता मञ्च पोर्चुगलका अध्यक्ष मदन लिम्बू पत्रकार महासङ्घ पोर्चुगल सहसंयोजक राजकुमार थापा, जनजाति महासङ्घ पोर्चुगलका अध्यक्ष हेम गुरुङ नेपाली समाज पोर्चुगलका अध्यक्ष सोम फुरी शेर्पा शेर्पा केदुङ पोर्चुगलका अध्यक्ष निल्हुम सेर्पा, किराँत चुम्लुङ याक्थुङ पोर्चुगलका अध्यक्ष दीपा लिम्बू र जन प्रगतिशील मोर्चा टङ्क खड्का कार्यक्रममा सफलताको शुभकामना व्यक्त गरेकी थिइन् ।(रासस)

प्रतिकृया