युथ ग्रुप नेपालले ‘नेपाल टप म्युजिक अवार्ड’आयोजना गर्ने
प्रकाशित मिति
२०७७ फाल्गुन २४ गते, सोमबार ०१:२५
काठमाडौ: नेपाली गीत-संगीतको प्रचारप्रसार गर्दै र त्यसका स्रष्टालाई पुरस्कृत गर्ने उद्देश्यले ‘नेपाल टप म्युजिक अवार्ड–२०२१’ आयोजना गर्ने भएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै स्रष्टालाई पुरस्कृत गर्न सबै विधामा आवेदन खुल्ला गर्दै आयोजक युथ ग्रुप नेपालले ‘नेपाल टप म्युजिक अवार्ड–२०२१’ आयोजना गर्ने भएको हो ।
सुगम संगीत, पप संगीत, लोक दोहोरी, अन्तर्राष्ट्रिय भिडियो, चर्चित गीत, चलचित्र गीत, भाषागत तथा प्रादेशिकतर्फ गरेर गायक, गायिका, संगीतकार, एरेन्ज, भिडियोलगायत करिव तीन दर्जन बढी विधा अवार्डमा समेटिएको छ ।
‘नेपालको शान, गीतसंगीत राष्ट्रको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको अवार्डमा वर्ष २०७६, ०७७ चैत्र मसान्तसम्म बजारमा आएका जुनैपनि गीत संगीतले सहभागिता जनाउन सक्नेछन् ।
अाँउदाे असारमा एक भव्य कार्यक्रम सहित बितरण हुने अवार्डमा समारोहमा लामो समय गीत संगीतमा बिताएका स्रष्टा तथा रंग पत्रकारलाई नगद सहित सम्मान गरिने अायाेजकले बताएकाे छ । अवार्डको जुरी तथा उत्कृष्ट ५ मनोनयन सूची जेठमा सार्वजनिक गरिने आयोजक युथ ग्रुप नेपाल अध्यक्ष अशोक क्षेत्रीले जानकारी दिएका छन् ।






प्रतिकृया