५० बर्षपछि दार्जिलिङ पुगेका पूर्वराजा ज्ञानेन्द्रकाे जवाफ ‘आइ डन्ट नो हिन्दी’
प्रकाशित मिति
२०७७ फाल्गुन २४ गते, सोमबार ११:२७
काठमाडौं: केही सातादेखि झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले दार्जिलिङ भ्रमण गरेका छन्। झापाबाट गाडीमा काँकडभिट्टा र सिलिगुढी हुँदै उनी उनी आफूले शिक्षा हासिल गरेको दार्जिलिङ पुगेका हुन् ।
नितान्त पारिवारिक भ्रमणमा निस्किएका पूर्वराजाले आफू ५० बर्षपछि दार्जिलिङ आएको बताएका छन् । भ्रमणको उद्देश्यबारे उनलाई संचारकर्मीहरुले हिन्दीमा प्रश्न सोधेपछि ‘आइ डन्ट नो हिन्दी’ म हिन्दी जान्दिन भन्दै नेपालीमा जवाफ फर्काएका थिए ।

त्यसक्रममा उनले दार्जिलिङ भ्रमणको उद्देश्य शुभकामना दिन र छुट्टी मनाउनका लागि आएको प्रतिक्रिया दिएको एउटा भिडियो क्लिप्स सामाजिक संजालमा निकै भाइरल बनेको छ । पैदल यात्राका क्रममा उनलाई स्थानीय सञ्चारकर्मीले पटक पटक दार्जिलिङ भ्रमणको उद्देश्य सोधेका थिए । गत वर्ष सिक्किमलगायत क्षेत्र भ्रमण गरेका पूर्वराजा ज्ञानेन्द्र र आफ्ना दाजु वीरेन्द्रले सन् १९६५ तिर दार्जिलिङको सेन्ट जोसेफ स्कुलमा अध्ययन गरेका थिए ।





प्रतिकृया