• १२ असोज २०८३, सोमबार
  • २ः२५ राती

आज मेघगर्जन र चट्टयाङसहित वर्षाको सम्भावना

प्रकाशित मिति

२०७७ फाल्गुन २३ गते, आईतवार ०७:१७

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाले जारी गरेको सूचनाका अनुसार आज देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।भने, हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

National Life

यसैगरी, आज दिउँसो देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ ।
साथै, देशको पहाडी भूभागहरुको थोरै स्थानहरुमा मेघ गर्जन रचट्टयाङसहित वर्षाको सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, आज राति देशका पहाडी भूभागहरुमा सामान्य बदली भई बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।
गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको पहाडी भूभागहरुको थोरै स्थानहरुमा तथा वागमती र प्रदेस १ का एक वा दूई स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया