• ११ असोज २०८३, आइतबार
  • २ः५२ राती

काठमाडौं मेयर कप क्रिकेट एक दिवसीय प्रतियोगितामा आज २ वटा खेल हुँदै छन् ।

प्रकाशित मिति

२०७७ फाल्गुन २३ गते, आईतवार ०६:५४

मुलपानी मैदानमा बागमती प्रदेश र काठमाडौं मेयर ११ बीच प्रतिस्पर्धा हुने छ ।बागमती पहिलो जितको खोजिमा हुने छ भने काठमाडौं मेयर एघार पनि पहिलो खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद् शुरुवात गर्ने दाउँमा हुने छ ।बागमती पहिलो खेलमा नेपाल पुलिस क्लबसँग २ रनले पराजित भएको थियो ।

National Life

बागमतीको कप्तान राष्ट्रिय टिमका नियमित कप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् भने काठमाडौं मयेयर ११ को कप्तानी सन्दीप लामिछानेले गर्ने छन् ।योसँगै झण्डै तीन वर्षपछि सन्दी घरेलु प्रतियोगिता खेल्न लागेका छन् । पीएसएल लिग खेल्नका लागि गएका सन्दीप लिग स्थगित भएपछि काठमाडौं फर्किएका हुन् ।

मेयर कपमा हालै भएको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका चार टिम र बाँकी प्रदेशका उत्कृष्ट खेलाडी छनोट गरि पाँचौं टिम तयार पारिएको हो ।सन्दीपले प्रधानमन्त्री कप पनि खेलेका थिएनन् । तर, उनी काठमाडौं फर्किएकाले अन्य टिमभन्दा पनि काठमाडौं मेयर एघारबाट खेल्न लगाइएको हो ।यस्तै कीर्तिपुर मैदानमा नेपाल पुलिस र एपीएफ आमने सामने हुने छन् । दुवै टिमले पहिलो खेल जितेकाले लगातार दोस्रो खेल जित्ने लक्ष्यमा हुने छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

एपीएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दा पुलिसले कम स्कोरिङ म्याचमा बागमती प्रदेशलाई २ रनले पराजित गर्दै सुखद् शुरुवात गरेको थियो ।

 

प्रतिकृया