• १२ असोज २०८३, सोमबार
  • ११ः३१ बिहान

ज्येष्ठ नागरिकलाई कोरोना खोप आजदेखि, सुरूमा प्रधानमन्त्रीले लगाउने

प्रकाशित मिति

२०७७ फाल्गुन २३ गते, आईतवार ०७:०१

काठमाडौ: आज आइतबार देखि नेपालमा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिइँदैछ । कोरोना खोपको दोस्रो चरणअन्तर्गत उक्त उमेर समूहलाइ खोप दिन लागिएको हो । सोही उमेर समूहमा पर्नुहुने प्रधानमन्त्री केपी शर्मा ओलीले सुरूमै कोरोना खोप लगाउनुहुनेछ ।

National Life

प्रधानमन्त्री ओलीले आज त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा बिहान १० बजे कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम रहेको जनाइएको छ । प्रधानमन्त्री ओलीले खोप लगाएपछि नेपालमा दोस्रो चरणको खोप अभियानको सुरुवात हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो अभियान ६ हजारभन्दा बढी खोप केन्द्रबाट सञ्चालन हुनेछ । यस चरणमा जेष्ठ नागरिकबाहेक सवारी चालक, सहचालक तथा शिक्षकहरूलाई पनि कोरोनाविरुद्धको खोप दिइनेछ । साथै १५ वटा हिमाली जिल्लाका ५५ वर्ष माथिकालाई पनि खोप दिइनेछ ।

दोस्रो चरणको यो अभियानमा ६५ वर्षमाथिका १६ लाख नागरिकलाई खोप लगाउने सरकारको उद्देश्य रहेको छ । त्यस्तैगरी आइतबार नै संवैधानिक निकायका पदाधिकारीहरुले कोरोना बिरुरुद्धको खोप लगाउने कार्यक्रम रहेको स्थास्थ्य मन्त्रमलयले जनाएको छ । त्यस्तै आइतबार नै भारतबात ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताउनु भएको छ । नेपालमा कोभ्याक्स फ्यासिलिटीअन्तर्गत प्राप्त गरेको कोरोना भाइरसविरुद्धको खोप आइतबार ल्याइन लागेको हो । मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको तीन लाख ४८ हजार डोज कोभिसिल्ड खोप बोकेको विमान आइतबार नेपाल आइपुग्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया