• ४ साउन २०८३, सोमबार
  • ७:११ बेलुका

आगलागीमा जलेर एकको मृत्यु लाखौँको धनमाल नष्ट

प्रकाशित मिति

२०७७ फाल्गुन १९ गते, बुधबार ०५:३०

काठमाडौं: प्युठानमा आगलागीबाट जलेर एक बृद्धको मृत्यु भएको छ।
जिल्लाको ऐरावती गाउँपालिका सल्लिकोट बस्ने ८० वर्षीय आइत सिंह बिरकट्टाको गोठमा विद्युतको तार सर्ट भई आगलागी हुँदा  आगोमा जलेर उनको
मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै बाँकेको बैजनाथ गाउँपालिका १ गाभर स्थीत केदार पोल्ट्री फारममा आगालागी हुदा करिब ९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बिजुलीको तार सर्ट भई बुधबार बिहान आगलागी हुँदा स्थानिय पदमकला कामीको कुखुराको खोर र कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

Kamana Sewa

प्रतिकृया