• ११ असोज २०८३, आइतबार
  • ७ः५५ बेलुका

चाँडै विप्लव समूहसंग वार्ता हुन्छः प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०७७ फाल्गुन १६ गते, आईतवार ०४:३८

काठमाडौ: झापाको दमक नगरपालिका, गौरादह नगरपालिका तथा कमल गाउँपालिकाका क्षेत्रमा बन्ने चाइना नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसंग चाँडो वार्ता गर्ने बताएका छन् । उक्त पार्टीसंगको वार्ता निष्कर्ष पुर्याएरै छाड्ने बताए।

National Life

उनले भने, ‘त्यो खुशीको खबर छिट्टै पाउनु हुनेछ ।’ सरकारले २८ फागुन २०७५ देखि समूहमाथि प्रतिबन्ध लगाएको छ। विध्वंश्वात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले उक्त समूहमाथि प्रतिबन्ध लगाएको हो।

प्रतिबन्धित पार्टीका महासचिव विप्लवले पनि आफूहरु वार्ता गर्न तयार रहेको विज्ञप्तिमार्फत बताइसकेका छन्। करिब ६४ अर्ब रुपैयाँ वैदेशिक लगानीमा बन्ने भनिएको ‘चाइना नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’को प्रधानमन्त्री ओलीले आइतबार शिलान्यास गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

ओलीले दमक र चुलाचुली जोड्ने रतुवा नदीमा मदन भण्डारी मार्गमा पर्ने पुलको शिलान्यास गरेका छन्। मदन भण्डारी मार्ग धरान पूर्व सेक्टर अन्तर्गत पर्ने ३१ वटा पुलको एकैपटक उनले शिलान्यास गरे। दमक १ बाट चुलाचुली जोड्ने रतुवा नदीमा निर्मित पुल, दमक ४ बाट उर्लाबारीको आमबारी जोड्ने मावा पुल, दमक १० बाट बालुवथान जोड्ने रतुवामा निर्मित पुलको उद्घाटन पनि प्रधानमन्त्री ओलीले गरेका छन्।

प्रतिकृया