• ४ साउन २०८३, सोमबार
  • ७:३४ बेलुका

सचिन स्मृति दौडमा भारतीय सैनिक विजेता

प्रकाशित मिति

२०७७ फाल्गुन १५ गते, शनिबार ०४:१४

दमौली : १८ औं सचिन स्मृति खुला दौड प्रतियोगितामा भारतीय सैनिक विजेता भएका छन्। दमौलीबाट छाब्दी बाराहीसम्मको निर्धारित ९ किलोमिटर दुरी ३० मिनेटमा पार गर्दै भानु ३ तुर्तुरेका भरत गुरुङ्ग अठारौं सहिद स्मृति खुला दौड प्रतियोगिताको विजेता बनेका हुन्। छाब्दी बाराही मन्दिरसम्म निर्धारित दुरीमा ३२ मिनेट २५ सेकेण्डमा पुरा गर्दै गोर्खा सिरानचोक गाउँपालिका ३ का दिनेश बोगटी प्रतियोगितामा दोस्रो भएका छन्।

३२ मिनेट ५० सेकेण्डमा दुरी पार गरेका धनगढी उपमहानगरपालिका सक्का वीरेन्द्रप्रसाद भट्टराई प्रतियोगितामा तेस्रो भएका छन् यसैगरी ३३ मिनेट १३ सेकेन्डमा दूरी पूरा गरेका संगम घर्ती प्रतियोगितामा चौथो भएका छन्। प्रतियोगितामा सबैभन्दा कान्छा धावक सन्ततिले ४२ मिनेटमा दूरी पूरा गरेका थिए। यस्तै पहिलो महिला धावक व्यास १० निवासी नमुना गुरुङले ४३ मिनेटमा दुरी पुरा गरे।

Kamana Sewa

विजेतालाई प्रमुख जिल्ला अधिकारी सागर अधिकारी तथा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेल तथा क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले पुरस्कार वितरण गरेका थिए। अनशन चोकबाट सुरु भएको दौड गल्बुवेशी, जलदेवी टोल हुँदै छाब्दी बसपार्कमा पुगेर टुङ्गिएको थियो।

Classic Tech Desktop

९ किमि दूरीको दौड प्रतियोगिताका प्रथमलाई १० हजार १०, द्वितीय हुनेलाई रु ८ हजार ८ र तृतीय हुनेलाई रु ६ हजार ६ पुरस्कार प्रदान गरिएको छ। प्रतियोगिताको व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए।

प्रतिकृया