• २१:३७ २०८१ बैशाख ६ गते
  • 9:37 pm

रवीन्द्र मिश्रको चेतावनीः ओली, देउवा र प्रचण्डलाई नख्खु जेल पुर्‍याउँछौं

प्रकाशित मिति

२०७७ फाल्गुन ११ गते, मंगलवार ०८:०४

219 e1614046734239

काठमाडौं : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई नख्खु जेलमा पुर्याउने चेतावनी दिएका छन् । सोमबार भएको विरोध कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले आफूहरु सरकारमा जाने र तीन जना नेताहरुलाई जेलमा पुर्याउने बताएका छन् ।

‘विवेकशील साझा पार्टी यो देशको नेतृत्वमा पुग्छ । बालुवाटारबाट बालकोट जानु भएका नेतालाई आराम गर्न नख्खु जेल पुर्याउँछौं’, उनले भने, ‘बुढानिलकण्ठबाट बालुवाटार आउने सपना देख्नु भएको होला । हेरौंला । तपाई पनि नख्खुमा घाम ताप्न पठाउनेछौं । उहाँलाई पनि खुमलटारबाट नख्खुमा जानुपर्नेछ ।’

उनले प्रधानमन्त्री ओलीले ‘कू’ गरेको विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको बताउँदै सर्वोच्चले निर्णय उल्टाए कसरी हुन्छ चुनाव रु भन्दै प्रश्न गरेका छन् । ‘सबैले सर्वोच्च अदालतको निर्णय पर्खिरहेका छन् । केपी ओली सर्वोच्च अदालतले के निर्णय गर्ला भनेर थरथराइरहनुभएको छ ।

उहाँ किन डराइरहनुभएको छ रु देशमा प्रमुख प्रतिपक्षी दलको नेता हुनुहन्छ । उहाँ सर्वोच्च अदालतले आफूले चाहेको जस्तो निर्णय गर्देला र म खाउँला भनेर पर्खिरहनुभएको छ’, उनले भने । उनले देशमा सम्पत्ति शुद्धिकरण, अख्तियार, सर्वोच्च रहेको र यी संस्थालाई स्वतन्त्र रुपमा काम गर्न दिनेबित्तिकै तिनले काम गर्न थाल्ने बताए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफूलाई सीमा भित्र बस्न भनेको भन्दै उनले संविधानको सीमाभित्र बस्न चेतावनी दिएका छन् । उनले देशमा भ्रष्टाचार बढेकाले थप जेलको संख्या थप गर्नुपर्ने बताएका छन् । उनले भ्रष्टाचारीहरुलाई आफुहरुले जेल हाल्ने बताए । ‘प्रधानमन्त्रीका सल्लाहकारले मलाई चेतावनी दिँदै भन्नुभयो– तपाईं सीमामा बसेर बोल्नुहोस् । म उहाँहरुलाई चेतावनी दिँदै भन्छु– तपाईंहरु संविधानको सीमा नमिची बस्नुस् । तपाईंहरु नियम र कानुनको सीमाभित्र बस्नुस्’, उनले भने ।

प्रतिकृया