• १२ असोज २०८३, सोमबार
  • १२ः४१ राती

एनसेल एपको नयाँ संस्करण सार्वजनिक

प्रकाशित मिति

२०७७ फाल्गुन ११ गते, मंगलवार ०६:३३

काठमाडौँ- सबै एनसेल ग्राहकले अब सजिलै एनसेल एपबाटै विभिन्न ग्राहक सेवा लिनुका साथै आफ्नो आवश्यकता अनुसार सेवाहरू सुचारु गर्न सक्छन्। एनसेल आजियाटा लिमिटेडले सोमबार ९फाल्गुन १०० विविध थप सुविधा सहित एनसेल एपको नयाँ संस्करण सञ्चालनमा ल्याएको छ।

National Life

नयाँ संस्करण सञ्चालनमा ल्याएको उपलक्ष्यमा एनसेलले यो एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जीवी डेटा निःशुल्क प्रदान गर्दछ । यो नयाँ संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनः कल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ ।

यो संस्करण प्रयोग गर्ने एप प्रयोगकर्ताले अब सजिलै आफ्नो मोबाइलबाटै अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डेटा प्याकहरू तत्कालै सुचारु लगायत विभिन्न कार्यहरू गर्न सक्छन् । एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाउँदो सेवा, सुविधाहरूको सुझाव एपको मुख्य स्क्रिनमा नै पाउन सक्छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

ग्राहकले एपको मुख्य स्क्रिनको तल्लो भागमा रहेको सप आइकनमा क्लिक गरी आफ्नो आवश्यकता अनुसारको डेटा र भ्वाइस प्याकहरू लिन सक्छन् ।  त्यसै गरी यस संस्करणमा एप मार्फत ग्राहकले गुनासो दर्ता, मासिक बिल र सेवा खपतको ट्रयाकिङ् लगायतका कार्यहरू गर्न सक्छन् । यसमा सहज रूपमा सेवा खरिद गर्ने वा पहिले नै लिएको सेवा बन्द गर्न सकिने सुविधा पनि रहेको छ ।

यस नयाँ संस्करणबाट ग्राहकले एनसेलको सेवा, सुविधाहरू एउटै प्लेटफर्मबाट आफै स्वतःस्फूर्त रूपमा प्रयोग गर्न सक्छन् । एपमा ग्राहकले आफूलाई चाहिएको प्याक सजिलै फिल्टर गरी छान्न सक्ने सुविधा पनि रहेको छ र बिना यूएसएसडी कोडको प्रयोग गरी सेवाहरू सुचारु गर्न सक्छन् ।

उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न एनसेल सदैव तत्पर रहेको छ र यसै अनुरूप ग्राहक अनुभवलाई थप गुणस्तरीय बनाउन नवीनतम सेवाहरू ल्याउने गरेको छ । निकै सराहना गरिएको एनसेल एपमा थप गरिएको सुविधाहरूले एप मार्फत लिइने सेवालाई थप परिष्कृत तथा सहज बनाउन मद्दत पुर्‍याउने विश्वास एनसेलले लिएको छ । विशेष गरी ग्राहक जहाँ भए पनि छिटो छरितो ग्राहक सेवाको लागि यो एप निकै सहयोगी हुने विश्वास लिइएको छ ।

ग्राहक अनुभवलाई थप गुणस्तरीय बनाउन एनसेल सदा प्रतिवद्घ रहेको छ । यसै प्रतिबद्धता अन्तर्गत एनसेलले गत महिना मात्र च्याटबोट सेवा ‘माया’ ल्याएको थियो । एनसेल एपमा यो च्याटबोट सेवा पनि समावेश रहेको छ । एनसेलका ग्राहकले गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा गई नयाँ संस्करणको एनसेल एप आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्छन् ।

प्रतिकृया