• 4:36 pm

मातृभुमीन्युज डट कम आजदेखि तेस्रो वर्षमा प्रवेश

प्रकाशित मिति

२०७७ फाल्गुन ८ गते, शनिबार ०५:१०

cover 2

मातृभुमीन्युज डट कम आजदेखि तेस्रो वर्षमा प्रवेश गरेको छ । २०७४ साल फागुन ८ गते स्थापनमा भई स्थापनाकालदेखि नै मातृभुमीन्युज नेपाली र अंग्रेजी भाषामा प्रकाशन हुँदै आएको छ । मातृभुमीन्युजले संवैधानिक सर्वोच्चता, संघीय लोकतान्त्रिक गणतन्त्र, सुशासन, पारदर्शिता, प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता, मानवअधिकार, न्यायपुर्ण, समाबेशी र समतामुलक समाज र बिकास समृद्घिलाई आधारभूत मार्गदर्शन मान्दै समाचार र विचार प्रवाह गर्दै आएको छ र सधैँ यही मूल्य मान्यतामा अडिग रहेर समाचार तथा सूचनाहरु पस्किने छ ।

सत्यलाई खोजेर तथ्यले पुष्टि गर्ने हाम्रो पहल र प्रयत्न छ । सन्तुलित र विश्वसनीयतालाई मुल मन्त्र मान्दै हामी मातृभुमीन्युजमार्फत प्रकाशन र प्रसारण हुने सबै किसिमका सूचना तथा समाचारहरूको सत्यताप्रति सधैँ सजग र सचेत छौँ । हामीले छोटो समयमै हाम्रो वेबसाइटमा ठूलो संख्यामा पाठकहरू पाएका छौँ । यसबाट हामी गौरवान्वित र खुसी पनि भएका छौँ । हो, हामी सिक्ने क्रममा छौँ । हाम्रा सामग्रीहरू पूर्णरूपमा त्रुटिरहित थिए र छन् भन्ने हाम्रो दाबी छैन । तर कमीकमजोरीलाई सुधार्दै आगमी दिनमा अघि बढ्ने प्रतिबद्घता ब्यक्त गर्दछौं ।

पाठकहरूले औँल्याउने त्रुटि र पाठकहरूको प्रतिक्रियाको हामी सधैँ स्वागत गर्दछौँ र सुझावअनुसार थप परिष्कृत गर्दै जानेछौँ । हामी पत्रकारिताका प्रचलित मूल्यमान्यता, आचारसंहिता र कानूनी दायरामा सधैँ सजग छौँ । आधुनिक प्रविधिले ल्याएको सुविधाको अधिकतम् उपयोग गर्दै पाठकहरुलाई सही समाचार, बिचार र बिश्लेषण पस्कने हाम्रो निरन्तर पहल रहने छ । हामीलाई थाहा छ पत्रकारिता पेशाा चुनौतिपुर्ण छ तर सामाजिक उत्तरदायित्वको भावनाले हामीमा आत्मबल थपेको छ ।

सञ्चालनको दोस्रो वर्षको शैशबकालमै सबै सञ्चार माध्यम झैँ मातृभुमीन्युज पनि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को मारमा पर्यो । महामारीको भयकाबीच पनि हामीले त्यसको सामना गर्दै अगाडी बढिरहेका छौं । आमनागरिकलाई कोभिड–१९ को रोकथाम र सुरक्षा चेतनाका बारेमा सचेत गराउने उद्देश्यले समाचार, विचार र आलेखहरूलाई प्राथमिकता दिंदैं सामाजिक संजाल आतंकलाई चिर्ने प्रयास गर्यौं । बिषम परिस्थितिमा आमनागरिकको सुविधाको लागि राज्यका निकायहरूलाई सजग गराउनमा जोड दियौँ मात्र होईन नागरिक र राज्यकाबीच सम्बन्ध स्थापित गर्ने पुलको काम गर्ने जमर्को गर्यौं । अनलाइन माध्यमबाट पाठक र श्रोतासमक्ष पुर्याउन सकिने समाचार र विचारका सबै सामग्री प्रस्तुत गर्न हामी प्रयासरत नै छौँ ।

अनुभवबाट सिक्दै आगामी दिनमा मातृभुमीन्युजलाई अझ परिष्कृत बनाउँदै जाने हाम्रो प्रयास जारी रहनेछ । अनलाइन सञ्चार माध्यम कुनै एक ठाउँको एक कुनामा मात्र सीमित छैन । संचार क्षेत्रमा भएको प्रविधिको बिकासले हामीलाई विश्वव्यापी बनाएको छ । हामीले सोहीअनुसार मानवीय चासोलाई मध्यनजर गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रमुख घटनाका समाचार सामग्री प्रस्तुत गर्दै आएका छौँ ।

नेपालको हित प्रवर्द्धन हाम्रो मूल ध्येय रहेको छ । विविधि समाचार, विचार र मानवीय चासोका विषयहरू पाठकको रुचिअनुसार पठनीय बनाउन हामी सधैँ प्रतिबद्ध छौँ । हामीलाई राज्यका कानून र पत्रकारिताका विश्वव्यापी मूल्यमान्यता परिपालनाबाहेक कुनै पनि प्रभाव र दबाब स्वीकार्य छैन । हामी कुनै निश्चित आस्था, बिचार र वाद तथा आग्रह पुर्वाग्रहबाट माथि उठ्न चाहन्छौ । जिम्मेवारीसहित खबरेदारी र पहरेदारी गर्ने क्रममा परिवर्तित राजनीतिक घटनाक्रमलाई पनि हामीले सचेततापुर्वक नियालिरहेका छौं ।

मातृभुमी हिमाल मल्टिमिडिय प्रा .लि ले संचालन गरेको मातृभुमीन्युज डट कमको गौरवमय तेस्रो वार्षिकोत्सवका अवसरमा हामी हाम्रा समस्त पाठक, प्रबुद्ध लेखक, विज्ञापनदाता र शुभेच्छुकहरू प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ । बिगतमा जस्तै आगामी दिनमा पनि यहाँहरुको साथ र सहयोगको अपेक्षा गर्दछौं ।

प्रतिकृया