• २१ असोज २०८३, बुधबार
  • ६ः०८ बिहान

इन्धनको मूल्य वृद्धिको विरोधमा आर आर क्याम्पस अगाडि अनेरास्ववियूको प्रदर्शन

प्रकाशित मिति

२०७७ फाल्गुन ६ गते, बिहीबार ११:३५

काठमाडौं: एक सातामा दुई पटकसम्म इन्धनको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियूले आज देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ।

National Life

काठमाडौंको रत्नराज्य क्याम्पस अगाडि कालोपट्टी बाँधेर र टायर बालेर अनेरास्ववियूले प्रदर्शन गरेको हो।

प्रदर्शनकारीले सडकमा बालेको टायर प्रहरीले हटाएको थियो। प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

आयल निगम पनि घेर्दै

बिहान क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको अनेरास्ववियूले दिउँसो बबरमहलस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि पनि प्रदर्शनको कार्यक्रम राखेको छ।

अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले दिउँसो १ बजे निगमको कार्यालय घेराउ गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा ज्ञापनपत्रसमेत बुझाइने जानकारी दिएका छन्।

नेपाल आयल निगमले पछिल्लो पटक यही फागुन चार गते डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढाएको थियो।

 

प्रतिकृया