• २१ असोज २०८३, बुधबार
  • ६ः१७ बिहान

प्रचण्ड–नेपाल समूहले टुँडिखेल घेर्दै

प्रकाशित मिति

२०७७ फाल्गुन ६ गते, बिहीबार ११:५२

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बिहीबार टुँडिखेल घेर्दैछ। संसद विघटनविरुद्ध आन्दोलित प्रचण्ड–नेपाल समूहले चौथो चरणको विरोध कार्यक्रम अन्तर्गत बिहीबार ‘मानव साङ्लो’ बनाएर टुँडिखेल घेर्न लागेको हो।

National Life

अपराह्न ४ बजेदेखि एक घण्टासम्म टुँडिखेल घेर्ने कार्यक्रम रहेको उक्त समूहले बताएको छ। घेराउका लागि जनवर्गाीय संगठनहरुलाई कार्य विभाजन गरिएकोसमेत बताइएको छ।

कार्य विभाजन अन्तर्गत मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकाशे पुलसम्म खटाइने छ। उपत्यकाका जिल्ला कमिटीलाई रत्नपार्कको आकाशेपुलदेखि भद्रकालीसम्म खटाइने छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै विद्यार्थी संगठनका नेता कार्यकर्ताहरु भद्रकालीदेखि सुन्धारासम्म रहने छन्। सहभागीहरुलाई अनिवार्य रुपले ब्यानर, झण्डा, प्लेकार्ड, भेषभूषा, बाजागाजा सहितका उपस्थित हुन भनिएको छ।

नेकपाका ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि प्रचण्ड–नेपाल समूह छुट्टिएर ओलीको कदम विरुद्ध आन्दोलन गरिरहेको छ।

प्रचण्ड–नेपाल समूह संसद पुनस्र्थापनाको पक्षमा रहेको छ भने ओली समूहले चुनाव गर्नका लागि बैशाख १७ र २७ को मिति तय गरेको छ।

प्रतिकृया