• २१ असोज २०८३, बुधबार
  • ५ः१२ बिहान

नेपालली कांग्रेसका कार्यक्रता नेकपा बाट आक्रमण

प्रकाशित मिति

२०७७ फाल्गुन ५ गते, बुधबार ०५:२४

काठमाडौं: बैतडी जिल्लाको डिलासैनीमा नेपालली कांग्रेसको कार्यक्रम भईरहेको समयमा कार्यक्रममा उपस्थित नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एन. पी साउद र डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापा लगायत स्थानीय नेता तथा कार्यकर्ता माथि नेकपाबाट नियोजित रूपमा आक्रमण भएको छ।

National Life

नेपाल तरुण दले प्रेस विज्ञप्ती जारी गर्दे स्थानीय नेता तथा कार्यकर्ता माथि नेकपाबाट नियोजित रूपमा सत्ता र शक्तिको आडमा गरिएको आक्रमण अत्यन्त निन्दनीय छ। आक्रमणमा परि घाइते भएका सम्पुर्ण ब्यक्तिको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ। आगामी दिनमा यस्ता भौतिक आक्रमणका घटना फेरि पनि दोहरिए नेपाल तरुण दल चुप लागेर नबस्ने चेतावनी समेत विज्ञप्तीमा उल्लेख गरिएको छ।

साथै घटनामा संलग्न सम्पुर्ण दोषीलाई चाडो भन्दा चाडो पक्राउ गरि कारबाहीको जोडदार माग गर्दे ,कार्यक्रम स्थलमा नेपाल तरुण दलका जिल्ला अध्यक्ष घनश्याम भट्ट , उपाध्यक्ष कर्ण राना लगायत स्थानिय तरुण साथीहरुले देखाएको सक्रियताका कारण कार्यक्रम पुन: सुचारु भएको नेपाल तरुण दल केन्द्रिय समितिले जानकारी गराएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया