• २१ असोज २०८३, बुधबार
  • ५ः२४ बिहान

बैंक अफ काठमाण्डू लिमिटेड द्वारा अपाङ्गता संरक्षण नेपाललाई सेतो छडी हस्तान्तरण

प्रकाशित मिति

२०७७ फाल्गुन ५ गते, बुधबार ०५:५०

काठमाडौं: बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्र्तगत श्री अपाङ्गता संरक्षण नेपाललाई १५० थान सेतो छडी हस्तान्तरण गरेको छ।

National Life

बैंकका संचालक प्रा. डा. हेमराज सुबेदीज्यूले एक कार्यक्रमका बिच उक्त सेतो छडी श्री अपाङ्गता संरक्षण नेपालका प्रमुख श्री बिरोध खतिवडालाई हस्तान्तरण गरेको हो। बैंक द्वारा हस्तान्तरण गरीएको उक्त सेतो छडीले दृष्ट्रिबिहिन व्यक्तीहरुलाई आवतजावतमा सहयोग हुनुका साथै दैनिक जिवनयापन सहज बनाउन सहयोग मिल्ने विश्बास बैंकले लिएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया