• २१ असोज २०८३, बुधबार
  • ५ः०४ बिहान

पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना पुष्टि

प्रकाशित मिति

२०७७ फाल्गुन ५ गते, बुधबार ०५:०१

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ७० पुगेको छ।

National Life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ताप्लेजुङमा १, मोरङमा ३, काठमाडौँमा ४५, काभ्रेमा २, चितवनमा १३, दोलखामा १, भक्तपुरमा ६, मकवानपुरका १ र ललितपुरमा ९ जना संक्रमित थपिएका छन्।

यस्तै सिन्धुपाल्चोकमा १, कास्कीमा १६, गोरखामा १, तनहुँमा २, म्याग्दीमा १, स्याङ्जामा १, गुल्मीका १, बर्दियामा ५, बाँकेमा १, रुपन्देहीमा ५, जुम्लामा ७, तथा कैलालीमा ३ जनामा संक्रमण पुष्टि भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

काठमाडौँ उपत्यकामा थप ६० जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार बुधबार ९१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ३९४ पुगेको छ।

गत २४ घन्टामा ३ हजार ८ सय ३८ पीसीआर परीक्षण भएको छ। हाल देशभर हालसम्म ६१ जना कोरोना संक्रमितको आईसियुमा तथा १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिकृया