• ४ साउन २०८३, सोमबार
  • ७:११ बेलुका

भागरथी बलात्कार र हत्या प्रकरण: भारत भाग्न लागेको अवस्थामा एक संदिग्ध महेन्द्रनगरबाट पक्राउ

प्रकाशित मिति

२०७७ फाल्गुन ४ गते, मंगलवार ०४:०१

काठमाडौं: बैतडीको दोगडाकेदार गाउँपालिका–७ कि १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ।

प्रहरीको टोलीले ती शंकितलाई शानिवार राति कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको स्रोतको दाबी छ। यद्यपि अनुसन्धानलाई असर गर्ने भन्दै प्रहरीले उक्त व्यक्तिबारे कुनै जानकारी चुहाएको छैन।

Kamana Sewa

भागरथीको हत्या भएको दिन ती व्यक्ति पनि घटनास्थलबाट ३ किलोमिटर वर खोचलेक बजारमा रहेको पाइएको र भागरथी खोचलेक बजारबाट घरतर्फ लागेलगत्तै उनी पनि त्यहाँबाट निस्किएको पाइएको छ।

Classic Tech Desktop

‘भागरथी घर जान लागेपछि तत्काल ती व्यक्ति पनि सोही बाटो हुँदै गएको पाइएको छ।

घटनाको अनुुसन्धानमा संलग्न एक अनुसन्धान अधिकृतका अनुसार महेन्द्रनगरबाट पक्राउ परेका ती व्यक्ति अहिले पनि प्रहरी नियन्त्रणमै रहेका छन्। भारत भाग्न लागेको आशंकामा उनलाई पक्राउ गरिएको थियो।

अनुसन्धानको क्रममा घटनाको समयमा उनी घटनास्थल नजिकै पाइएको र घटनामा संलग्न भएको पुुष्टी गर्ने केही आधार पनि आफूहरुसँग भएको उनको भनाइ छ। स्रोत भन्छ, ‘संदिग्धको घर नजिकै भागरथीको मोबाइलको ब्याट्री पनि फेला परेको छ ।’

यद्यपि घटनामा उनको संलग्नतालाई पुुष्टि गर्न भेजाइनल स्वाब र घटनास्थलमा भेटिएको वीर्यको डिएनए टेष्ट गर्नुपर्ने हुन्छ । पक्राउ परेका व्यक्ति सार्वजनिक पद धारण गरेका व्यक्ति हुन्।

एकजना शंकितलाई पक्राउ गरेकोबारे केन्द्रीय प्रहरीले भने अनभिज्ञता जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता बसन्त कुँवर कोही पक्राउ परेकाबारे कुनै जानकारी आइनसकेको बताउँछन्।

घटनास्थलमा रहेका प्रहरी अधिकारी पनि यस सम्बन्धमा केही बोल्न मान्दैनन्। अहिले घटनाको अनुसन्धान भइरहेकाले पक्राउ परेको वा नपरेको बारे केही बोल्न नमिल्ने बताउँछन्। ती अधिकारीले भने ‘हामी अपराधीको नजिक छौँ। पक्राउ परेको वा नपरेको भन्ने बेला भएको छैन। केही व्यक्तिमाथि क्लोजि मनिटरिङ गरिरहेका छौँ। अहिले धेरै कुरा बोल्ने अवस्था छैन।’

प्रतिकृया