• १८ असोज २०८३, आइतबार
  • ३ः४५ राती

बिग,बोल्ड,आकर्षक निशान म्यागनाईट नेपालमा लन्च हुदै

प्रकाशित मिति

२०७७ फाल्गुन ४ गते, मंगलवार ०४:१८

काठमाडौं: निशान म्यागनाइट गाडी नेपाल भित्रिने भएको छ । नेपालमा निशान गाडीको अधिकारिक वितरक तथा बजार ब्यबस्थापक कम्पनी पायोनियर मोटोकर्पले म्यागनाइट भित्र्याउन लागेको हो । फागुन १० ९फ्रेब्रुअरी २२० गते निशानको नयाँ एसयूभी गाडी निशान म्यागनाइटको मूल्य सार्वजनिक गर्ने पनि जनाएको छ ।

National Life

नयाँ म्यागनाइट गाडी देशभरका शोरुमहरुमा उपलब्ध गराइने हुदाँ ग्राहकहरुले जापानमा निर्मित एसयूभीको अनुभुति लिन पाउने छन्।

पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक संदीप कुमार शारदाका अनुसार नयाँ निशान म्यागनाइटको लन्च निशान गाडीको नेपाल बजार र हाम्रा मूल्यवान ग्राहकहरु प्रति प्रतिबद्धताको प्रतीक हो। बिग, बोल्ड, आकर्षक र करिश्म्याटिक एसयूभी विशेष आकर्षक मूल्यमा आउने र धेरै लामो समयदेखी प्रतिक्षारत ग्राहकहरुका लागि अन्य थुप्रै अफरहरुका साथ आउने छ।

Classic Tech Mobile
Classic Tech Desktop

निशानले आफ्नो उत्पादकत्वको बिकास गर्दै “Make in India, Make for the World”g ध्यचमिू एसयूभीलाई विश्वभरी नै आरम्भ गरीरहेको छ र त्यसो गर्ने पहिलो अन्तर्राष्ट्रिय बजार नेपाल भएको छ। २०२० एक महत्वपूर्ण वर्षको रूपमा लिइएकाले भारतको बजारमा प्राप्त प्रतिक्रिया र सफलतालाई नेपाली बजारमा पनि दोहोर्याउने निशानको उद्देश्य तथा चहाना रहेको कम्पनीले जनाएको छ।

निशान मोटर भारतका अध्यक्ष तथा दक्षिण एशिया बजारका इन्चार्ज सिनन ओजकोकका अनुसार नयाँ निशान म्यागनाइट विश्व बजारको लागि भारतमा निर्मित गाडि हो । नेपाल बजारलाई सधैं उच्च प्राथमिकतामा राखेका छौं, हाम्रो लागि नयाँ निशान म्यागनाइट पहिलो उत्पादन हो जुन निशानको नेपालको बजार बृद्दिको लागि दिगो साझेदार हुने छ। यो भारत पछि निशान म्याग्नाइट लन्च गरिएको पहिलो अन्तर्राष्ट्रिय बजार हो।

 

प्रतिकृया