• १९:१८ २०८० चैत्र १६ गते
  • 7:18 pm

जर्मन बुन्डेस लिगा : उपाधि दाबेदार बायर्नको अर्मेनियासँग बराबरी

प्रकाशित मिति

२०७७ फाल्गुन ४ गते, मंगलवार ०७:५०

25 1 e1613441092335

एजेन्सी– जर्मन बुन्डेस लिगाको उपाधि दाबेदार बायर्न म्युनिख रेलिगेसन जोनको अर्मेनिया बिलेफिल्डसँग बराबरीमा रोकिएको छ । बायर्नले अर्मेनियासँग ३–३ गोलको बराबरी खेलेको हो । एलिएन्ज एरिनामा सोमबार राति भएको खेलमा पाहुना टोलीका मिचेल भिलाप, आमोसस पिपर र क्रिस्टियन गेवाअरले गोल गरे ।

बायर्नका रोबर्ट लेवान्डोस्की, टोलिसो र डाभिसले गोल गरे । २–१ ले पछि परेको अवस्थामा कोरेन्टिन टोलिसो र अलफन्सो डाभिसले गोल गर्दै बायर्नको हार टारेका थिए । बराबरीपछि पनि बायर्नको २१ खेलबाट ४९ अंकसहित शीर्ष स्थानमा कायमै छ । अर्मेनिया १८ अंकसहित १६औँ स्थानमा छ ।

 

प्रतिकृया