• १३ असोज २०८३, मंगलबार
  • २ः२७ राती

पत्रकार पन्त र कार्कीलाई इन्जाखोजी पत्रकारिता पुरस्कार

प्रकाशित मिति

२०७७ फाल्गुन ३ गते, सोमबार ०१:११

काठमाडौं: नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) नागरिक दैनिकका सम्वाददाता टपेन्द्र कार्की र लोकान्तर डटकमका समाचार सम्पादक सुशिलपन्तलाई प्रदान गरिने भएको छ। एक लाख रुपिँया राशीको सो पुरस्कार पत्रकार कार्की र पन्तलाई संयुक्त रुपमा प्रदान हुन लागेको हो।

National Life

पत्रकार कार्कीले नेपाल प्रहरीमा लत्ता कपडा खरिद सम्वन्धमा भएको अनियमितता सम्वन्धी समाचार र पत्रकार कार्कीले कोरोना विपत्तिको समयमा समेत सांसद र उनीहरुका पीएले दशैं भत्तालिएका समाचारलाई प्रकाशन गरेका थिए। समाचार माध्यमहरुको लगातारको निगरानी पछि छानवीन हुंदा नेपाल प्रहरीमा लत्ताकपडा खरिदमा अनियमितता भएको पुष्टि भएको थियो भने सांसदहरुले दशैं भत्ताफिर्ता गर्न वाध्य भएका थिए।

इञ्जाद्वारा गठित निर्णायक समितिले प्राप्त आवेदनहरु मध्येवाट पत्रकार कार्की र पत्रकार पन्तको समाचारलाई उत्कृष्ठ ठहर गरेको थियो।
सोलुखुम्वुमा जन्मिएका पत्रकार कार्कीले २०६० सालदेखि विभिन्न साप्ताहिक पत्रपत्रिकामा काम गर्दै २०६४ सालमा राजधानी दैनिकबाट पत्रकारितालाई थप गतिदिएका थिए। उनले हालनागरिक दैनिकमा सुरक्षा, अपराध, सुशासन र राजनीतिक बिटमा निरन्तर रिपोटिङ गर्दै आएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

गुल्मीमा जन्मिएका पत्रकार पन्तले रेडियो पत्रकारितावाट करियर सुरु गरेका हुन् र हाल उनीलोकान्तर डटकममा संसद, सरकार, सुशासन लगायत थुप्रै विषयमा आफ्नो कलम चलाउंदै आएका छन्।
मार्च १ मा काठमाडौंमा आयोज नाहुने विशेष समारोहमा यो पुरस्कार प्रदान गरिने छ।

इञ्जाले यसअघि उत्कृष्ट साहित्यिक कृति पुरस्कार (२०२०) साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीद्वारा लिखित संस्मरणात्मक कृति कोटेश्वरको केटोलाई प्रदान गर्ने निर्णय गरिसकेको छ भने इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार भोलि घोषणा गरिने इञ्जाले जानकारी गराएको छ।

 

प्रतिकृया