• ४ साउन २०८३, सोमबार
  • ७:३० बेलुका

बार्सिलोनाको शानदार जित

प्रकाशित मिति

२०७७ फाल्गुन २ गते, आईतवार ०५:०२

काठमाडौं: बार्सिलोनाले स्पानिस ला लिगामा अलाभेजलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराति घरेलु मैदान क्याम्पनोउमा भएको खेलमा बार्सिलोनाले अलाभेजलाई ५-१ ले पराजित गरेको हो । जितपछि बार्सिलोना फेरि दोस्रो स्थानमा उक्लिएको छ ।

बार्सिलोनाका लागि मेसीले खेलको पहिलो हाफको इन्जुरी टाइम र ७५औं मिनेटमा गोल गरे। यस्तै ट्रिनकाओले २९औं र ७४औं तथा जुनियर फिर्पोले ८०औं मिनेटमा गोल गरे ।

Kamana Sewa

अलोभेजका लुइसले एक गोल फर्काएका थिए । जितपछि २२ खेलबाट ४६ अंक जोड्दै बार्सिलोना दोस्रो स्थानमा उक्लेको हो।-एजेन्सी

Classic Tech Desktop

प्रतिकृया