• ४ साउन २०८३, सोमबार
  • ७:११ बेलुका

टाइटन जिम एन्ड फिटनेसमा कुमारी बैंकका ग्राहकलाई ३०% सम्मको छुट

प्रकाशित मिति

२०७७ फाल्गुन २ गते, आईतवार ०३:५६

काठमाडौं: आफ्ना ग्राहकहरुलाई स्वास्थ्य सम्बन्धी विभिन्न क्रियाकलापमा विभिन्न सहुलियत दिने उद्देश्यमा अग्रसर कुमारी बैंक लिमिटेडले टाइटन जिम एन्ड फिटनेस सेन्टरसँग सम्झौता गरेको छ । बैंकले सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने क्रममा सो सम्झौता गरेको हो ।

यो सम्झौता अन्तर्गत कुमारी बैंकमा खातावाल सेवाग्राहीहरूले टाइटन जिम एन्ड फिटनेसको मासिक सदस्यतामा ५%, त्रैमासिक सदस्यतामा १०%, अर्धवार्षिक सदस्यतामा १५%, तथा वार्षिक सदस्यतामा ३०% छुट प्राप्त गर्ने प्रावधान छ ।

Kamana Sewa

कुमारी बैंक लिमिटेडका सेवाग्राहीहरूले कुमारीपाटीस्थित टाइटन जिम एन्ड फिटनेस सेन्टरमा सदस्यता लिई यो सुविधाबाट लाभ लिन सकिने बैंकले जनाएको छ ।

Classic Tech Desktop

 

प्रतिकृया