किसानको श्रमको मूल्य उठ्नेगरी मूल्य निर्धारण गरिनुपर्छ: मन्त्री अर्याल
प्रकाशित मिति
२०७७ फाल्गुन २ गते, आईतवार ०३:२८
काठमाडौं: कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानको श्रमको मूल्य उठ्नेगरी किसानले उत्पादन गरेको वस्तुको मूल्य निर्धारण गरिनुपर्ने बताएको छ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २७ औं वार्षिकोत्सव समारोहलाई हिजो काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएको हो। कृषिकर्मका निम्ती पसिना बगाउने, श्रम गर्ने भनेको किसानले भएको भन्दै मन्त्री अर्यालले किसानदेखी उपभोक्तासम्म आउनका निम्ती बिचमा जे जति तहहरु छन् त्यसले किसानलाई मर्कामा परेको समेत जनाएको हो ।

किसानले कति मेहनत गरेको छ । कति श्रम गरेको । कति लगानी गरेको छ अनि अर्काले ठ्याक्कै त्यसको मूल्य यति भयो भनेर भनिदिँदा किसान ठुलो मर्कामा परेको उनले बताइन्। त्यसैले किसानको उन्नती, प्रगती गर्नका निम्ती किसानको श्रम, लगानी, पसिनाको मूल्य उठ्नेगरी किसानले अलिकति मुनाफा पनि प्राप्त गर्नेगरी मूल्य निर्धारण गर्ने र बजारसम्म लैजाने व्यवस्था गर्नुपर्छ ।’

‘किसानलाई न्यून मूल्य दिने र उपभोक्तासम्म आइपुग्दा उच्च मूल्य हुने भएपछी बीचको धेरै नाफा लिइदिदा किसान र उपभोक्ता दुबै मारमा परेको र यस्तो गर्न नहुने आग्रह अर्यालल गरेका छन् ।




प्रतिकृया