• 4:39 pm

दोस्रो टेस्टमा इङ्ल्यान्डको खराब ब्याटिङ, भारतले पहिलो पालीमा बनायो ३२९ रन

प्रकाशित मिति

२०७७ फाल्गुन २ गते, आईतवार ०२:०४

काठमाडौं: इङ्ल्यान्डले भारतविरुद्धको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा खराब ब्याटिङ सुरुवात गरेको छ।

दोस्रो दिनको खेल जारी रहँदा इङ्ल्यान्डले ६ विकेट गुमाएर ९७ रन जोडेको छ। इङ्ल्यान्डका प्रारम्भिक ब्याट्सम्यान रोरी बर्न्सले खाता खोल्न सकेनन्। डम सिब्लीले १६, डान लरेन्सले ९, कप्तान जोए रुटले ६, बेन स्टोक्सले १८ र ओलाय पोपले २२ रन जोडे।

भारतका रविचन्द्रन आश्विनले दुई तथा इशान्त शर्मा, अक्सर पटेल र मोहम्मद सिराजले एक एक विकेट हात पारे। यसअघि भारतले पहिलो पालीमा सबै विकेट गुमाएर ३ सय २९ रन जोडेको थियो।

भारतको पालीमा प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले एक सय ६१ रन जोडे। अजिन्क्या रहानेले ६१ र रिसभ पन्तले ५८ रन बनाए।

इङ्ल्यान्डका मोइन अलीले चार, ओली स्टोनले ३ र ज्याक लिचले दुई विकेट हात पारे। जोए रुटले पनि एक विकेट हात पारे। शृंखलाअन्तर्गत पहिलो खेलमा इङ्ल्यान्डले जितेको थियो।

 

प्रतिकृया