• १४ असोज २०८३, बुधबार
  • १०ः४९ बिहान

भाईले बन्दुक प्रहार गर्दा दाजुको मृत्यु

प्रकाशित मिति

२०७७ माघ २९ गते, बिहीबार ०२:५३

काठमाडौं: दाङमा भाईले चलाएको भरुवा बन्दुक पड्किएर दाजुको ज्यान गएको छ। माघ २७ गते दिउँसो जिल्लाको गडवा गाउँपालिका–२ का २७ वर्षीय सुर्यबहादुर राना र उनका ३९ वर्षीय दाजु ईन्द्रबहादुर राना शिकार खेल्न गएका बेला भाइले प्रहार गरेको गोली लागेर ईन्द्रबहादुरको मृत्यु भएको हो।

National Life

राना दाजुभाई जंगली जनावरको शिकार खेल्न गएका थिए। सूर्यबहादुर रानाले शिकारका लागि बन्दुक प्रहार गर्दा दाजु इन्द्रबहादुरको बाँया हातको काखी मुनी गोली लागेर घटना स्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ।

सहोदर दाजुको ज्यान गएपछि निज सुर्यबहादुर रानाविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को कर्तव्य ज्यान कसुर मुद्दा दर्ता गरि निजलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको दाङका प्रहरी प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए। उनका अनुसार मृतकको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया