• १४ असोज २०८३, बुधबार
  • १०ः१७ बिहान

रामकुमारी पक्राउको प्रचण्ड–नेपाल पक्षद्वारा विरोध, अविलम्ब रिहा गर्न माग

प्रकाशित मिति

२०७७ माघ २९ गते, बिहीबार ०२:३३

काठमाडौं: नेकपा प्रचण्ड–नेपाल पक्षले केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउको कडा विरोध गरेको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहीबार एक विज्ञप्ति जारी गर्दै गिरफ्तारीले वर्तमान सरकारको अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको उल्लेख गरेका छन्।

National Life

राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था लोकतन्त्रमा आलोचनाभन्दा माथि हुन नसक्ने उल्लेख गर्दै विज्ञप्तिमा राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक अरु केही हुन नसक्ने ठहर गरिएको छ।

विज्ञप्तिमा पक्राउको निन्दा गदै उनलाई अविलम्ब रिहा गर्न माग गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया