• १५ असोज २०८३, बिहीबार
  • १२ः३९ दिउँसो

राष्ट्रिय वाणिज्य बैङ्कको ४.५० प्रतिशत लाभांश पारित

प्रकाशित मिति

२०७७ माघ २९ गते, बिहीबार ०३:००

काठमाडौं: राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको १५औं वार्षिक साधारण सभाले ४.५० प्रतिशत लाभांश पारित गरेको छ। सभाले आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको हो।

National Life

बैङ्क संचालक समितिका अध्यक्ष धनिराम शर्माको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारण सभामा अध्यक्ष शर्माले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैङ्क तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए।

कोभिड–१९ को जोखिमका कारण स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै भर्चुअलमाध्यमबाट सेयरधनीहरुको साधारण सभामा उपस्थिति रहेकोे थियो।

Classic Tech Mobile
Classic Tech Desktop

साधारण सभामा बैङ्कका सेयरधनीहरु क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण शेयरधनिहरुको प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट उपस्थिति रहेको थियो।

प्रतिकृया