• ४ साउन २०८३, सोमबार
  • ७:५९ बेलुका

सामाजिक सञ्जाल ट्वीटरको आम्दानीमा आक्रामक बृद्धि

प्रकाशित मिति

२०७७ माघ २८ गते, बुधबार ०१:००

काठमाडौं: सामाजिक सञ्जाल ट्वीटरले सन् २०२० को अन्तिम त्रैमासिकमा कीर्तिमानी मात्रामा आय गर्न सफल भएको छ।

आफ्नो प्लाटफर्मका लागि वर्ष २०२० अति उत्कृष्ट रहेको कार्यकारी प्रमुख ज्याक डोर्सीले बताएका छन्।

Kamana Sewa

सन् २०१९ को अन्तिम त्रैमासिकमा भन्दा २०२० को अन्तिम त्रैमासिकमा २८ प्रतिशत आय वृद्धि भएको ट्वीटरले जनाएको छ।

Classic Tech Desktop

ट्वीटरले अन्तिम त्रैमासिकमा १.२९ ट्रिलियन अमेरिकी डलर आय गरेको हो।

गएको जनवरीमा ट्वीटरले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रतिबन्ध लगाएको थियो।

त्यसको प्रभाव यो वर्षको पहिलो त्रैमासिकमा पर्ने सम्भावना रहेको विश्लेषकले बताएका छन्।

ट्वीटरले जनवरी ८ मा अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि स्थायी रुपमा प्रतिबन्ध लगाएको थियो।

यसको प्रभाव ट्वीटरलाई हालको त्रैमासिकमा पर्ने बताइन्छ। तर ट्वीटरका ८० प्रतिशत प्रयोगकर्ता अमेरिका भन्दा बाहिर छन् ।

 

प्रतिकृया