• ११ असोज २०८३, आइतबार
  • २ः५३ राती

प्रचण्ड-माधव समूहको विरोधसभामा १५ जना वक्ता

प्रकाशित मिति

२०७७ माघ २८ गते, बुधबार ०१:११

काठमाडौं: प्रचण्ड-माधव समूहको नेकपाले काठमाडौं आयोजना गरेको विरोधसभामा १५ जना नेताले बोल्ने तय भएको छ।

National Life

अध्यक्षद्धय प्रचण्ड र माधव नेपालसहित सचिवालयका चारै जना नेताले बोल्दैछन्। सभामा महिला नेतृत्रय रामकुमारी झाँक्री, अमृता थापामगर र अञ्जना विशंखेले बोल्ने तय भएको छ। त्यसैगरी प्रदेश २ बाट रामचन्द्र झाले बोल्नेछन्।

मुस्लिम समुदायका नेता महफुज अन्सारी र थारु समुदायका नेता सन्तकुमार चौधरीले बोल्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी स्थायी कमिटी सदस्य भीम रावल, देव गुरुङ र जनादर्न शर्मा र रघुजी पन्तले पनि बोल्ने तय भएको छ। आजको विरोध कार्यक्रम लीलामणि पोखरेलले सञ्चालन गर्नेछन्।

नेकपाका अन्य चर्चित नेताहरू घनश्याम भुसाल, योगेश भट्टराई, वर्षमान पुन, पम्फा भुसाल, अष्टलक्ष्मी शाक्यलगायतका नेताहरूले भने आजको विरोधसभामा बोल्ने कार्यक्रम छैन।

प्रतिकृया