• ४ साउन २०८३, सोमबार
  • ७:३४ बेलुका

ग्लोबल आइएमई बैंकको नयाँ शाखा सिराहाको सुखीपुरमा

प्रकाशित मिति

२०७७ माघ २७ गते, मंगलवार ०५:४९

काठमाडौं: ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहाको सुखीपुर नगरपालिका वडा नं ८ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २ सय ६९ पुगेको छ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७४ जिल्लामा २६९ शाखा, २४२ एटीएम, २४५ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८ सय सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ।

Kamana Sewa

प्रतिकृया